site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपीन जोशीको रिहाइका निम्ति थप पहल गर्न कतारलाई आग्रह
फाइल तस्बिर ।

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका निम्ति थप पहल गर्न कतार सरकारलाई आग्रह गरिएको छ । कतार भ्रमणका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसित यस्तो आग्रह गरेका हुन् ।

कतारमा दोहा २१औँ सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका मन्त्री साउदले सो विषयमा सकारात्मक जवाफ पाएको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नेपाली नागरिक विपीन जोशीको शीघ्र रिहाइका निम्ति कतार सरकारको थप सहयोग र समन्वयलगायत विषयमा छलफल गरेको थिएँ । कतार सरकारबाट सकारात्मक जवाफ पाएको छु ।”

भ्रमणका क्रममा उनले कतारका प्रधानमन्त्रीसित शिष्टाचार भेटवार्ता गरेका थिए ।

नेपालको विकासमा कतारको सहयोगलाई निरन्तरता दिन, नेपाली नागरिकलाई सुरक्षित र मर्यादित रोजगारीका थप अवसर उपलब्ध गराउन, यहाँको जलवायुलगायत क्षेत्रमा लगानी अभिवृद्धि गर्न पनि आफूले आग्रह गरेको उनले जानकारी गराए ।

उक्त सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही मंसिर २३ गते कतारतर्फ प्रस्थान गरेका थिए ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा जोशीसहितका व्यक्तिलाई बन्धक बनाएको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro