site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतबाट पसेका हात्ती नफर्कंदा तीन जिल्लामा त्रास
फाइल तस्बिर ।
SkywellSkywell

झापा । डेढ महिनाअघि भारतबाट झापाको बाहुनडाँगी सीमानाका हुँदै नेपाल प्रवेश गरेका ३६ जंगली हात्तीका कारण कोसी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जंगलमा विचरण गर्दै आएका ती हात्तीबाट जिउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।

एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको मृत्यु भइसकेको छ । मेचीनगर नगरपालिका–४ का हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेलका अनुसार गएको कात्तिक ३ गते बाहुनडाँगीको सीमाक्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए ।

हात्तीको बथानमा छावा पनि छन् । ती हात्ती हालसम्म नफर्किएको उनले बताए ।

Dabur Nepal
NIC Asia

हिउँदयाममा बर्सेनि यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेको छ । लुइँटेलका अनुसार, त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जंगलमा आश्रय लिएर बसेको बताए । उनका अनुसार, चार छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिन्छ ।

मोरङको कानेपोखरी जंगल आसपासका बस्ती र खेतमा मकैलगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरू भारततिर नफर्किएको अनुमान गरिएको छ । सडकछेउछाउ र बजारमा पोलेर बिक्रीका निम्ति सो क्षेत्रमा बेमौसमी मकैको खेती गर्ने गरिएको छ ।

बेलबारी नगरपालिका–८ र १० का किसानले ठूलो क्षेत्रफलमा मकैखेती लगाएका छन् । “मकै हात्तीले असाध्यै मन पराउँछ,” डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भने, “मोरङको अन्य पालिकाभन्दा यहाँ मकैखेती प्रशस्त हुने गरेको छ । हात्तीले प्रशस्त आहार पाएका कारण यतै बसेका हुन् कि भन्ने अनुमान छ ।”

उनले बिहान–बेलुका हिँड्डुल गर्दा र जंगल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गरेका छन् । वन कार्यालय, प्रहरी र स्थानीय बासिन्दाले हात्ती धपाउन प्रयास गरे पनि सम्भव भएको छैन ।

गत वर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ हात्तीमध्ये १२ वटा मात्र भारत फर्किएको हात्तीको गणना र अध्ययन समेत गर्दै आएका अभियानकर्मी लुइँटेलले बताए । भारत नफर्किएका २० हात्ती झापा र मोरङकै जंगलमा छारिएर रहेको उनको भनाइ छ । उनले हाल तीन जिल्लामा ६० देखि ६५ हात्ती जंगलभित्र रहेको दाबी गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu