site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
झापासँग रोकिँदा ललितपुरले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो 

काठमाडौं । झापा एफसीसँग बराबरीमा रोकिएसँगै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । एनएसएलको दोस्रो संस्करण जारी रहँदा प्रतियोगिताको यो ५०औँ खेल हो । 

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा झापासँग गोलरहित बराबरी खेल्दै ललितपुरले अंक बाँडेको हो । बराबरीसँगै शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको ललितपुर ६ खेलबाट १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ललितपुरअघि रहेको धनगढी एफसीले पाँच खेलबाट ११ अंक जोडेको छ ।

Jhapa-Lalitpurdgdfg-1702647239.jpg

प्रतियोगितामा हालसम्म अपराजित रहेको ललितपुरले दुई खेलमा जित र चार खेलमा बराबरीको नतिजा निकालेको छ ।

यता, झापा भने आफ्नो खातामा एक अंक थप्दै तालिकाको छैटौँ स्थानमा यथावत् छ । झापाले ६ खेलबाट सात अंक जोडेको छ । 

Jhapa-Lalitpur-dg-1702647240.jpg

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

Jhapa-Lalitpurdg-1702647242.jpg

Jhapa-Lalitpur-1702647242.jpg

Jhapa-Lalitpur-f-1702647240.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro