site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अपराजित ललितपुरलाई झापाको चुनौती
SkywellSkywell

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज प्रतियोगिताको अपराजित टोली ललितपुर सिटी एफसीलाई झापा एफसीले चुनौती प्रस्तुत गर्दै छ । 

आजको खेलमा जित निकाले ललितपुर प्रतियोगताको शीर्ष स्थानमा उक्लिने छ । यस्तै, झापाले जित निकाले टोली तालिकाको शीर्ष चारमा प्रवेश गर्ने छ । 

Dabur Nepal
NIC Asia

प्रतियोगितामा ललितपुरको यो छैटौँ खेल हो । दोस्रो स्थानको ललितपुरले दुई जित र तीन बराबरीसहित नौ अंक जोडेको छ । ललितपुर शीर्ष स्थानको धनगढी एफसीभन्दा दुई अंकले पछि छ ।

पाँच खेलबाट ६ अंक जोडेको झापा भने तालिकाको छैटौँ स्थानमा छ । हालसम्म प्रतियोगितामा झापाले एक खेलमा मात्र जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ बजेदेखि हुने छ । 

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu