site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा 

काठमाडौं । एफसी चितवनविरुद्ध आफिज ओलावालेको गोल निर्णायक बनेपछि १–० को जित निकाल्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आफिज ओलावालले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । रोहन कार्कीले राइट साइडबाट निकालेको पासलाई आफिजले पोस्टको दिशा दिएका हुन् । प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा चितवनले धनगढीविरुद्ध तीन महत्वपूर्ण अंक गुमाएको हो ।

पहिलो हाफको इन्जुरी समयमा चितवनले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलमा फर्किन सकेन । १८ यार्ड बक्सभित्र रिचार्ड ओसेईको ह्यान्ड भएपछि चितवनले पेनाल्टी पाएको थियो । तर, त्यसलाई विमल घर्तीमगरले सदुपयोग गर्न सकेनन् । विमलले राइट साइडमा गरेको प्रहारलाई धनगढीका गोलकिपर टेकेन्द्र थापाले विफल बनाएका थिए ।

५३औँ मिनेटमा चितवनका नवयुग श्रेष्ठको हेडर पुनः टिकेन्द्रले असफल बनाए । अफ्रिइ अक्वाहको फ्रिकिकमा बक्सभित्र रहेका नवयुगको हेडरलाई टिकेन्द्रले बाहिर फ्याकिदिए ।

५८औँ मिनेटमा मार्की खेलाडी आशिष चौधरीले खाली पोस्टमा गोल गर्न नसक्दा धनगढीले अग्रता दोब्बर बनाउन सकेन । आफिज ओलावालेले लेफ्ट साइडबाट गोलकिपरलाई विशाल श्रेष्ठलाई कटाउँदै निकालेको बललाई पेनाल्टी क्षेत्रमा अनमार्क रहेका आशिषको प्रहार पोस्टभन्दा निकै परबाट बाहिरियो ।

प्रतियोगितामा धनगढीको यो पाँचौँ खेल हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको धनगढीले ११ अंक जोडेको छ । धनगढी दोस्रो स्थानको ललितपुर सिटी एफसीभन्दा दुई अंकले अघि छ । चितवनको भने यो छैटौँ खेल हो । प्रतियोगितामा पाँच अंक जोडेको चितवन तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro