site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
धनगढीविरुद्ध पेनाल्टी चुकाउँदा चितवन पहिलो हाफमा १–० ले पछाडि

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा एफसी चितवनविरुद्ध पहिलो हाफमा धनगढी एफसीले १–० को अग्रता बनाएको छ । पहिलो हाफमा पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा चितवन १–० ले पछि परेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा धनगढीका आफिज ओलावालले गोल गर्दै आफ्नो टिमलाई अग्रतामा राखेका हुन् । ओलावालेले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । रोहन कार्कीले राइट साइडबाट निकालेको पासलाई आफिजले पोस्टको दिशा दिएका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा चितवनले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलमा फर्किन सकेन । १८ यार्ड बक्सभित्र रिचार्ड ओसेईको ह्यान्ड भएपछि चितवनले पेनाल्टी पाएको थियो । तर, त्यसलाई विमल घर्तिमगरले सदुपयोग गर्न सकेनन् । विमलले राइट साइडमा गरेको प्रहारलाई धनगढीका गोलकिपर टेकेन्द्र थापाले विफल बनाएका थिए ।

प्रतियोगितामा धनगढीको यो पाँचौँ खेल हो । आजको खेलमा जित निकाले धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिने छ । चार खेलबाट आठ अंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा छ ।

चितवनको भने यो छैटौँ खेल हो । पाँच खेलबाट पाँच अंक जोडेको चितवन तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro