site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जनवरीदेखि केन्या जान विदेशीले भिसा लिनु नपर्ने
फाइल तस्बिर : एएफपी ।

काठमाडौं । केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकका निम्ति भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जाने विदेशीले सन् २०२४ जनवरीदेखि भिसा लिनु नपर्ने भएको हो ।

राष्ट्रपति विलियम रुटोले मंगलबार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गरे । रुटोले आउँदो जनवरीदेखि सबै विदेशी नागरिक भिसाबिना नै देशमा प्रवेश गर्ने बताए । यो कदमले पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

Dabur Nepal
NIC Asia

केन्याली नेताले भिसामुक्त नीति लागु गर्न सरकारले देशमा आउने सबै यात्रीलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिल्यै पहिचान गर्न डिजिटल प्लेटफर्म अपनाएको बताए । केन्याले यसअघि इन्डोनेसिया, सेनेगल र कंगोका नागरिकलाई भिसाबिनै प्रवेश दिएको थियो । 

राष्ट्रपति रुटोले २०२२ सेप्टेम्बरमा सत्ता सम्हालेपछि महाद्वीपको एकीकरण एजेन्डालाई साकार पार्न केन्या भ्रमण गर्ने अफ्रिकीका निम्ति भिसा उन्मूलन गर्न वकालत गर्दै आएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro