site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीले अवैध ओसारपसारमा संलग्न भन्यो, महानगरले त्यत्तिकै छाडिदियो !
Sarbottam CementSarbottam Cement

पोखरा । प्रहरीले अवैध ओसारपसारमा संलग्न भनेका सवारीसाधनलाई पोखरा महानगरले वैध रहेको बताएर छाडिदिएको छ ।

मंगलबार प्रहरीले कास्कीका विभिन्न स्थानमा प्राकृतिक नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाएर चोरी निकासी भइरहेको 'स्थानीयको गुनासो तथा सूचनाको आधार'मा ट्रक, टिप्पर, ट्याक्टरसहित ५६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । थप कारबाहीका लागि प्रहरीले पोखरा महानगरपालिकामा पठाएको थियो ।

तर, प्रहरीले अवैध करार गरेका ती सवारीसाधनलाई पोखरा महानगरले वैध रहेको बताउँदै छाडिदिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरपालिकाभित्रका विभिन्न घाटबाट संकलन हुने ढुंगा, गिट्टी, बालुवालाई ट्रक, ट्रिपर, ट्याक्टरले क्रसर उद्योगसम्म ढुवानी गर्ने गर्छन् । त्यही ढुवानीको क्रममा उनीहरूले भ्याट बिल लिनुपर्छ ।

प्रहरीले ढुंगा, गिट्टी, बालुवा ढुवानी गरिरहने यिनै सवारी साधनहरूसँग भ्याटबिल नभएको, कागजपत्र नभएको (कार्यादेश), फर्जिबिल बनाएको लगायतका कारणले अवैध ओसारपसारमा संलग्न भनेको छ । तर, उसले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि पठाएको पोखरा महानगरपालिकाले एउटा ट्रिपरबाहेक सबैसँग वैध कागजात रहेको भन्दै छाडिदिएको हो ।

Global Ime bank

प्रहरीले नियन्त्रणमा लिँदा अवैध ओसारपसार गरिरहेका ती सवारीलाई महानगरले किन छाडिदियो ? सवारीसँग कागजपत्र थिए भने प्रहरीले किन अवैध भन्यो ?

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा भन्छन्, “हामीले विशेष अभियान सञ्चालन गरेका थियौँ, त्यसैअन्तर्गत ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएर महानगरमा कारकाहीका लागि पठाएका हौँ । महानगरले जेन्युनलाई छाड्यो पनि होला, अवैधलाई चाहिँ कारबाही गर्‍यो भन्ने आएको छ ।"

अवैध ओसारपसारमा संलग्न भएको पुष्टि भए महानगरले किन छाड्यो ?

यो प्रश्नमा उनले भने, “हामीलाई सूचना अवैध भनेर आयो । अरू भेरिफिकेसन हामीले गर्दैनौँ । तपाईं हामीले नबुझेका, कानुनलाई छलेका धेरै कुरा हुने रहेछन् । एउटा भ्याट बिलबाट बिहानदेखि दिउँसोसम्म प्रयोग गर्दा रहेछन् । यो त गैरकानुनी हो नि ।”

के एउटै भ्याट बिल प्रयोग गरेर सामाग्री ओसापसार गरिरहेको प्रमाण भेटियो त ? यसको प्रमाण भने कसैसँग छैन । प्रहरीले पनि यसको गोलमटोल जवाफ दियो ।

थापा भन्छन्, “यसको प्रमाण चाहिँ महानगरसँग पनि रहेनछ । एकपटक जारी भएको भ्याट बिलको समान त्यही हो भन्ने पुष्टि कसैले गर्न सक्दैन । हो, त्यही भएर पनि अवैध हो । हामीले आज महानगरपालिकासँग बैठक बसेर भ्याट बिल नं., हरेक ट्रिपदेखि समय समेत उल्लेख गर्ने सहमति भएको छ । यो चाहिँ गैरकानुनी नै हो नि ।”

यता, प्रहरीले ढुवानीका लागि प्रयोग गरिरहेका सवारी नियन्त्रणमा लिएपछि चालक तथा सवारी धनीहरूले महानगरपालिका घेराउ गर्न पुगेका थिए ।

बिनाकारण सवारी नियन्त्रणमा लिएको आरोप उनीहरूले लगाएका थिए । त्यसपछि महानगरपालिकाले कागजातको आधारमा सवारीलाई छाडिदिएको हो ।

पोखरा २५ हेमजाका बलराम त्रिपाठीले आफ्नो दुईवटा ट्रिपर बिनाकारण समाएको बताए । “बिना सूचना मेरा गाडी समातिए । प्रहरीकहाँ पुगेर सोध्दा महानगरपालिकाको आदेश हो हामीले महानगरपालिकामा पठाएका छौँ भन्ने कुरा भयो,” उनले भने, “हाम्रो भ्याटबिलदेखि सबै कागजात छ तर किन समाइयो भन्ने कुरा नै थाहा भएन ।”

अर्का चालक सुवाष तामाङले आफ्नो सवारी नियन्त्रणमा लिनुको कारण नै थाहा पाएनन् । उनले बिहान समातेको र त्यसै छाडेको सुनाए । 

“म बिहान ६ बजे खोला भएको थिएँ । खोलाबाट चोकर लिएर आएको हुँ । मैले रातोपहिरोदेखि ल्याएको हुँ । मैले भ्याट काटेरै आएको हो रसिद सबै छ । आउँदाखेरी पावरहाउसमा पुलिसले समाउनुभयो र महानगरको आदेश हो भनेर यहाँ ल्याइयो,” उनले भने, “यहाँ एउटा भ्याट बिलमा धेरैपटक लगियो भन्ने छ । तर के हो थाहा भएन ।”

महानगरले बिनाजरिवाना आफ्ना कागजात फिर्ता दिएको उनले बताए ।

“भ्याट बिल पनि छ सबै छ । भ्याट बिल भएन भएन भनेर समातेको रहेछ । तर, हाम्रो सबै ठिक छ । बिहान ८ बजे नियन्त्रणमा लिइएको थियो, अहिले हस्ताक्षमात्र गराएर छाडियो,” उनले भने ।

प्रहरीले वैध भनेर नियन्त्रणमा लिई कारकाहीका लागि पठाएका सवारीलाई महानगरपालिकाले किन छाड्यो त ? पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण तिवारीले भने, “हामीकहाँ ५६ वटा सवारी आएका थिए । उहाँहरूसँग कतिपयले भ्याट बिल नबोकेको भनेर आएको थियो । तर, हामीसँग आउँदा भ्याट बिलसहित आउनुभएको थियो ।”

उनले प्रहरीले एकपटक मात्रै भ्याट बिल काटेर दिनभर ढुवानी गर्ने गरेको शंकाको आधारमा सवारी नियन्त्रणमा लिएर महानगरमा पठाएको बताए ।

महानगरमा आइसकेपछि जिल्ला प्रहरी कार्यालयसँगको संयुक्त बैठकमा भ्याट बिल भएकोलाई छाडिदिने भन्ने निर्णयका आधारमा ५५ वटा सवारीसाधन छाडिएको उनले बताए ।

एउटा बाहेक सबै सवारीलाई महानगरले दिउँसै छाडेको छ । तर, एउटै भ्याट बिल दिनभर प्रयोग गरेको भन्ने प्रमाण र छानबिन गर्ने संयन्त्र महानगरसँग समेत छैन ।

“प्रहरीले महानगरपालिकालाई सहयोग गरेकै हो, एउटै भ्याट बिल दिनभर प्रयोग गर्छन भन्ने अर्थमा अवैध भन्नुभएको होला । तर, भ्याट बिल भेटिएपछि अवैध भन्न मिल्दैन,” उनले भने ।

यता महानगरपालिकाले मंगलबार नै नदीजन्य सामाग्री ढुवानी गर्ने व्यवसायीहरूको नाममा सूचना जारी गरेको छ ।

महानगरले आउने दिनमा नदीजन्य सामाग्री ढुवानी गर्दा मिति, समय, ढुवानी हुने सवारी साधन नं. र बिल नं. खुलेको चलानी पूर्जा चालकले अनिवार्यरूपमा बोक्नैपर्ने सूचनामार्फत जानकारी दिएको छ ।
भ्याट/प्यान नं. स्पष्ट भएको बिल, पोखरा महानगरपालिकासँग आय ठेक्का सम्झौत भएका घाटहरूको सम्बन्धमा त्रसर उद्योगसम्म नदीजन्य सामाग्री ढुवानी गर्दा महानगरपालिकाबाट जारी भएको कार्यादेश र चलानी पुर्जा अनिवार्य रुपमा साथमा हुुनुपर्ने उल्लेख गरिएको छ । 

यस्तै, क्रसरहरूले बिक्री गर्दा अनिवार्य रूपमा बिल/बिजक जारी गरी ढुवानी गर्नुपर्ने सूचनामा भनिएको छ । वार्षिक ५० लाख रुपैयाँसम्मको नदीजन्य सामाग्री बिक्री गर्ने डिपोहरूले प्यान बिल जारी गर्न पाउने र सो भन्दा माथिको कारोबार गरेमा भ्याट बिल जारी गर्नैपर्ने उल्लेख गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  २०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !