site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिथिला चित्रकला : तेस्रो चरणका लागि १५ जना छनोट

काठमाडौं । सौर्य सिमेन्टले मिथिला लोक चित्रकला आयोजना गरेको छ । मधेस प्रदेशमा गरिएको उक्त प्रतियोगितामा १५० वटाभन्दा बढी आवेदन परेको थियो । 

जसबाट दोस्रो चरणमा ७५ जनालाई छनोट गरिएको थियो । छनोट भएका ७५ जनाले सौर्य सिमेन्ट उद्योगको परिसरस्थित हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाउन लगाइएको थियो । 

उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनोट गरिनेछ । जसमा सौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ । तेस्रो चरणको प्रतियोगिता पुस २ गतेदेखि ७ गतेसम्म चल्नेछ । 

यस प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्धितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाई पाँच–पाँच हजार नगद प्रदान गरिनेछ ।

उक्त प्रतियोगिताको निर्णायक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर रहेका छन् । सामाजिक उतरदायित्वअन्तर्गत सौर्य सिमेन्ट इन्डस्ट्रीजले यो कार्यक्रम आयोजना गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro