site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो हाफमा बुटवलविरुद्ध झापाको अग्रता 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा झापा एफसीले बुटवल लुम्बिनी एफसीविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ । 

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा ओर्गे सान्चेजले गरेको गोलबाट झापाले अग्रता बनाएको हो ।

खेलको ३९औँ मिनेटमा ओर्गे सान्चेजले गोल गर्दै झापालाई अग्रता दिलाए । अञ्जन विष्टले लेफ्ट साइडबाट निकालेको बललाई नियन्त्रणमा लिँदै सान्चेजले पेनाल्टी बक्सबाट सहजै गोल गरे ।

त्यसअघि दुवै टिमले केही अवसर सदुपयोग गर्न सकेनन् । आठौँ मिनेटमा झापाका ओर्गे सान्चेजले गोलको अवसर सदुपयोग गर्न सकेनन् । कप्तान अञ्जनले निकालेको ‘थ्रू’ बललाई नियन्त्रणमा लिँदै पेनाल्टी बक्सबाट गरेको प्रहार बुटवलका गोलकिपर मोहमोदोउले विफल बनाए ।

१३औँ मिनेटमा सर्जे सङको प्रहार पोस्टमा लागेर फर्किदा बुटवलले अग्रता बनाउन सकेन । राइट साइडबाट सरोज तामाङले निकालेको लोअर क्रसलाई बक्सभित्र स्टेफन बिनोङले नियन्त्रणमा लिन खोज्दा सङसम्म बल पुगेको थियो । सङले सोही अवसरमा प्रहार गरे पनि बल दोस्रो बारमा लागेर फर्किएको थियो । रिबाउन्डमा सङले नै पुनः प्रहार गरे पनि यसपटक भने त्यसलाई झापाका गोलकिपर स्टेफन कुपिकले विफल बनाए ।

झापाका अञ्जन विष्टले २०औँ मिनेटमा गरेको प्रहार बुटवलका गोलकिपर मोहमोदोउले मुस्किलले बचाए । आवास लामिछानेले मध्यभागबाट निकालेको बललाई मिडफिल्डर प्रशान्त लक्षमले वान टचमा अञ्जनसम्म पुर्‍याएका थिए । सोही बल टर्न गरी १८ यार्ड बक्सबाहिबाट गरेको प्रहारलाई मोहमोदोउले असफल बचाए । रिबाउन्डमा लक्षण रुचालले ६ यार्ड बक्सबाट प्रहार गरे पनि त्यसले पोस्टको दिशा लिन सकेन ।

२३औँ मिनेटमा झापाका सान्चेजको सशक्त प्रहारमा पुनः बुटवलका गोलकिपर बाधक बने । राइट साइडबाट छिरिङ लामाको क्रसलाई नियन्त्रणमा राख्दै गरेको भली प्रहार मोहमोदोउले असहजताबीच जोगाए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro