site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : सञ्चारमन्त्री शर्मा
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउने बताएकी हुन् ।

Dabur Nepal
NIC Asia

उनले गणतन्त्रमा कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताइन् । गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको उनको भनाइ थियो । गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको बताइन् ।

मन्त्री शर्माले भनिन्, "हिजो निरंकुश राजतन्त्र थियो । तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानुनको आकर्षण बन्न सक्दैन थियो । कुनै कानुन आकर्षित हुन सक्दैन थियो । उनीहरूमाथि कुनैपनि कारबाहीको कुरा हुन सक्दैन थियो । तर, आज हामी यो परिवर्तित व्यवस्थामा छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रमामा छौँ । त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउँछ । यो व्यवस्थामा यो गणतन्त्रमा संविधान भन्दा माथि कानून भन्दा माथि निगरानी भन्दा माथि कोही पनि हुन सक्दैन । गल्ती गर्ने छुट गणतन्त्रमा छैन । यसलाई स्थापित गर्न आवश्यक छ ।"

सञ्चारमाध्यमले सुदृढीकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन नहुने उनले बताइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro