site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संकल्प यात्रालाई लिएर कसैले चित्त दुखाउनुपर्दैन : ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा हुने मदभेदलाई छलफलबाट समाधान गर्नुपर्ने बताएका छन् । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा अन्तर्गत मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभामा ओलीले एकजुट भएर अघि बढे समस्या समाधान गर्न सकिने बताए ।

“देश बनाउने नेतृत्व एमालेले लिन सक्छ, लिन्छ । यसैका लागि 'मिसन ८४' भनिएको हो । यत्तिकै एमालेका लागि भनिएको होइन, देशका लागि भनिएको हो,” उनले भने ।

ओलीले सुशासन र समृद्धिका लागि एमालेलाई बहुमत आवश्यक रहेको भन्दै पूर्वाधारदेखि अन्य विकासका लागि संकल्प यात्रा गरिएको बताए ।

“सबै खुसी हुनुपर्दछ । यो कठिन यात्रामा दुईहजार यात्रु सहभागी हुनुहन्छ । धेरै हिँडिएको छ । यो कठिनाइ देश जाग्नुपर्‍यो भनेर गरिएको हो,” ओलीले भने ।

उनले आफूहरूको अभियान कसैका विरुद्ध नभएर जनता र देशको पक्षमा भएकाले कसैले पनि चित्त दुखाउनुनपर्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro