site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमालय एयरलाइन्सद्वारा काठमाडौं–चोङकिङ उडान सेवा पुनः सुरु

काठमाडौं । हिमालयन एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवा पुनः सुरु गरेको छ ।

यस उडानले नेपाल र चीनबीचको ‘कनेक्टिभिटी’ बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने कमपनीले जनाएको छ ।

काठमाडौं–चोङकिङ–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने पनि कम्पनीले उल्लेख गरेको छ ।

“समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक, विशिष्ट विविध पाक–कला एवम् उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरूमाझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

आज (मंगलबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः०७ बजे प्रस्थान गरेको विमान चोङकिङको जियांगबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ः५० बजे अवतरण गर्नेछ ।

यस उडानको अवधि तीन घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा १२५ यात्रु थिए ।

चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार दिउँसो ४ः२५ बजे काठमाडौंका लागि फिर्ती उडान छुट्नेछ र काठमाडौंमा साँझको ६ः३५ मा अवतरण हुनेछ । हिमालयन एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं हरेक मंगलबार र शनिबार उडान गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro