site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा रेफ्रीमाथि क्लबका अध्यक्षले मुक्का प्रहार गरेपछि... 
तस्बिर : गेट्टी इमेज ।

काठमाडौं । अन्कारागुकु क्लबका अध्यक्ष फारुक कोकाले रेफ्रीमाथि मुक्का प्रहार गरेपछि टर्किस फुटबल फेडेरेसन (टीएफएफ)ले लिगका सबै खेल स्थगित गरेको छ ।

टर्किस सुपर लिगअन्तर्गत घरेलु मैदानमा भएको रिजेसपोरविरुद्धको खेलका दौरान अन्कारागुकुका अध्यक्ष कोकाले मैदानमै पुगेर रेफ्रीमाथि मुक्का प्रहार गरेका हुन् ।

Dabur Nepal
NIC Asia

खेलको ९७औँ मिनेटमा रिजेसपोरले बराबरी गोल फर्काएसँगै फिफा रेफ्री हालि उमल मेलेरले अन्तिम ह्विसिल बजाएका थिए । त्यसपछि मैदानमा प्रवेश गरेर कोकाले रेफ्रीमाथि मुक्का प्रहार गरेका हुन् । सोमबार एर्यामन रंगशालामा भएको खेल १–१ को बराबरीमा सकिएको थियो ।

खेलपछि अन्कारागुकुका समर्थक मैदानमा प्रवेश गर्दै कोकाको प्रहारबाट लडेका मेलेरमाथि आक्रमण गरेका थिए । मेलेरलाई अन्तिममा प्रहरीको सहायतामा ड्रेसिङ रुममा लगिएको थियो ।

“टर्किस फुटबल फेडेरेसनले लिगका सबै खेलहरू अनिश्चित समयका निम्ति स्थगित गर्ने निर्णय  गरेको छ,” उक्त घटनापछि फेडेरेसनले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “यो घटनासँग सम्बन्धित क्लब, क्लबका अध्यक्ष, अधिकारीहरू र रेफ्रीमाथि आक्रमण गर्ने सबैविरुद्ध कडा कारबाही हुनेछ ।”

घटनापछि कोकालाई हिरासतमा लिन आदेश जारी भइसकेको टर्कीका गृहमन्त्री अली यार्लिकायाले एक्समा लेखेका छन् । उनले घटनामा संलग्न दुईजनालाई प्रहरीले हिरासतमा लिइसकेको समेत जनाएका छन् ।

“टर्किस फुटबलमाथि आज लाजमर्दो रूपमा मुक्का प्रहार भएको छ । घटनामा संलग्न सबैजनाले यसको मूल्य चुकाउनेछन्,” टर्किस फुटबल फेडेरेसनका अध्यक्ष मेहमेत बुयुकेक्सीले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro