site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखरा र काठमाडौंबीचको पहिलो हाफ गोलरहित बराबर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

खेलको १४औँ मिनेटमा पोखराका मोसेस त्वमको प्रहारले पोस्टको दिशा लिन सकेन । आयुश घलानले दिएको बल लेफ्ट साइडबाट अघि बढाउँदै १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार काठमाडौंका कप्तान अञ्जन राईबाट ‘डिफ्लेक्ट’ हुँदा सेकेन्ड बार नजिकैबाट बाहिरियो । 

Pokhara-vs-Kathmandu-sdg-1702297214.jpg

२९औँ मिनेटमा काठमाडौंका सोखरुखले १८ यार्ड बक्सबाहिरबाट गरेको फ्री किकलाई पोखराका गोलकिपर प्रिसो एन्जांगाले बचाएका थिए । 

३४औँ मिनेटमा काठमाडौंका आन्द्रेस नियाले गोललाइनबाट बल क्लियर गर्दै टिमको खतरा टारे । आयुश घलानले निकालेको थ्रू बललाई त्वमको ‘आउट साइड’ प्रहार सेकेन्ड बारको गोललाइनतर्फ अघि बढे पनि नियाले त्यसलाई क्लियर गरेपछि पोखराले अग्रता बनाउन सकेन । सोही कर्नरमा त्वमले गरेको हेडर काठमाडौंका राजिव लोप्चनले पुनः गोललाइनबाट क्लियर गरेपछि पोखराले अग्रताको अर्को अवसर गुमायो ।

Pokhara-vs-Kathmandu-d-1702297214.jpg

पोखरा र काठमाडौं दुवैको यो पाँचौँ खेल हो । पोखरा यो सिजन अपराजित टिम हो । पोखराले चार खेलमा दुई जित र दुई बराबरी खेल्दा आठ अंक जोडेको छ । काठमाडौंले भने चार खेलबाट पाँच अंक जोडेको छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro