site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन महिनापछि तीन अर्बको सेयर कारोबार

काठमाडौं । सेयर बजारमा सोमबार दुई घण्टा १० मिनेटको अवधिमा तीन अर्ब तीन करोड रुपैयाँबराबरको कारोबार भएको छ । आइतबार सकारात्मक सर्किट लागेसँगै बजारमा लगानीकर्ता आर्षित भएका हुन् । आइतबार नौ मिनेटको अवधिमा ४८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आजको सेयर कारोबार तीन महिनायताकै उच्च हो । दिउँसो १ः१० बजेसम्म २९५ धितोपत्रका ६६ हजार ५० पटकको कारोबारमा ९३ लाख ६२ हजार १३३ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

गएको असोज ५ गते तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता सेयर बजारको दैनिक कारोबारले तीन महिनापछि मात्र तीन अर्ब पार गरेको हो ।

यस दिन बजार भने उकालो लाग्न सकेको छैन । घटेको बजारमा लगानीकर्ता किन्नतर्फ हौसिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro