site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटीको जितमा ग्रेलिसको गोल निर्णायक, एभर्टनसँग हार्‍यो चेल्सी

काठमाडौं । गत सिजनको तेहेरो विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लुटोन टाउनविरुद्ध २–१ को जित निकालेको छ ।

लुटोनको मैदान केनिलवर्थ रोडमा भएको खेलमा सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा र ज्याक ग्रेलिसले गोल गरे । घरेलु टिमका एलिजाह अडेबायोले गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने लुटोन टाउनले बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा अडेबायोले गरेको गोलबाट घरेलु टिमले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा दुई गोल गर्दै सिटी खेलमा फर्कियो ।

६२औँ मिनेटमा सिल्भाले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि नै ग्रेलिसले सिटीलाई २–१ को अग्रतामा राखे । ग्रेलिसको यही गोल निर्णायक बन्दा सिटीले तीन अंक निश्चित गर्‍यो ।

जितसँगै १६ खेलबाट ३३ अंक जोडेको सिटी तालिकाको चौथो स्थानमा छ । समान खेलबाट नौ अंकको लुटोन रेलिगेसन क्षेत्रमा संघर्षरत छ ।

आइतबार नै भएका अन्य खेलमा टोटनहमले न्युक्यासल युनाइटेडलाई ४–१ ले हराउँदा चेल्सी एभर्टनसँग २–० ले पराजित भयो ।

१६ खेलबाट ३० अंक जोडेको एभर्टन पाँचौँ स्थानमा छ । समान खेलबाट २६ अंकको न्युक्यासल सातौँ स्थानमा छ ।

चेल्सीविरुद्ध जित निकालेको एभर्टन १३ अंकसहित १७औँ स्थानमा छ । एभर्टन रेलिगेसन क्षेत्रभन्दा चार अंकले माथि छ । समान खेलबाट १९ अंकको चेल्सी १२औँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro