site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लियो ललितपुर
SkywellSkywell

काठमाडौं । एफसी चितवनविरुद्ध ३–१ को जित निकाल्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ । 

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरलाई जित दिलाउन पापा आइबेउ केबेले दुई र विवेक पौडेलले एक गोल गरे । चितवनका रफिक एमिनुले एक गोल फर्काएका थिए ।

Dabur Nepal
NIC Asia

२०औँ मिनेटमा पापा आइबेउ केबेले गरेको गोलबाट ललितपुरले अग्रता बनाएको थियो । ५७औँ मिनेटमा विवेक पौडेलले गोल गर्दै ललितपुरको अग्रता दोब्बर बनाएका थिए ।

८९औँ मिनेटमा रफिक एमिनुले गोल फर्काउँदै चितवनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसको अर्को मिनेटमा पापा आइबेउ केबेले पेनाल्टीमार्फत गोल गर्दै ललितपुरलाई ३–१ को अग्रतामा राखे । आदित्य शाक्यमाथि १८ यार्ड बक्समा चितवनका उत्सभ राईले फाउल गरेपछि ललितपुरले पेनाल्टी पाएको थियो । जसमा पापा आइबेउ केबेले कुनै गल्ती गरेनन् ।

जितसँगै पाँच खेलबाट नौ अंक जोडेको ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा ललितपुर हालसम्म अपराजित छ । ललितपुरले पाँच खेलमध्ये दुईमा जित र तीन खेलमा बराबरी खेलेको छ । 

समान खेलबाट पाँच अंक जोडेको चितवन तालिकाको छैटौँ स्थानमा झरेको छ । प्रतियोगितामा चितवनको यो दोस्रो हार हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu