site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित 

काठमाडौं । नाबालिगको बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । पटक–पटक स्थगित हुँदै आएको सन्दीपविरुद्धको मुद्दा आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो ।

यस दिन न्यायाधीश पाण्डेयको इजलासमा तीन मुद्दा मात्र थियो । सन्दीपको मुद्दा एक नम्बरमा परेको थियो । तर, सन्दीपका कानुन व्यवसायीका तर्फबाट सुनुवाइ स्थगित गरिएको हो ।

नेपाल बार एसोसिएसनका तर्फबाट चितवनमा आयोजित मानवअधिकार सम्मेलनमा अधिवक्ताहरू व्यस्त रहेकाले सुनुवाइ स्थगित गर्नुपरेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।

गत वर्ष कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ)को बलात्कार गरेको सन्दीपमाथि आरोप छ । उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर गरिएको थियो । फैसला भने हुन बाँकी छ ।

यसअघि, जिल्ला अदालतले वकिलहरूलाई लिखित बहस नोट पेस गर्न यही मंसिर २२ गतेसम्मको समय दिँदै आजका निम्ति पेसी तोकिएको थियो ।

यसअघि, गौशाला २६ (छ) नाबालिग भए÷नभएको यकिन गर्ने भन्दै अदालतबाट दुई आदेश भएको थियो । त्यसबाहेक न्यायाधीश राजु खतिवडाको इजलासबाट गौशाला २६ (छ) की आमाको उमेर यकिन गर्ने समेत आदेश भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro