site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा 
SkywellSkywell

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेको सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । 

लामिछानेलाई गत वर्षको कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ)लाई जबरजस्ती करणी गरेको आरोप छ । उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर भएपनि फैसला भने भइसकेको छैन । 

KFC Island Ad
NIC Asia

यसअघि जिल्ला अदालतले वकिलहरूलाई लिखित बहस नोट पेस गर्न मंसिर २२ सम्मको समय दिँदै मंसिर २४ गतेका लागि पेसी तोकिएको थियो । यसअघि गौशाला २६ (छ) नाबालिग भए नभएको एकीन गर्ने भन्दै दुईवटा आदेश भएका छन् । 

त्यसबाहेक न्यायाधीश राजु खतिवडाको इजलासबाट गौशला २६ (छ) की आमाको उमेर एकीन गर्ने समेत आदेश भएको थियो ।

Royal Enfield Island Ad

न्यायाधीश पाण्डेयको इजलासमा आज तीन मुद्दा मात्र परेकोमा एउटा स्थगित भइसकेको छ । अर्को बैंकिङ कसुरसम्बन्धी मुद्दा छ भने एक नम्बरमा लामिछानेविरुद्धको मुद्दा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro