site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनसेल प्रकरणमा मुछेर ‘दुस्प्रचार’ गरेकामा प्रधानमन्त्रीको सचिवालयको आपत्ति
प्रधानमन्त्री प्रचण्ड । फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयले तथ्य, प्रमाणबिना झुटो प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । केही दिनअघि प्रधानमन्त्री र स्वकीयसचिवको नाम एनसेल प्रकरणमा मुछेर ‘दुस्प्रचार’ गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौती समेत दिएका छन् । यसै विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट झुटो प्रचार भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यसप्रकारका दुस्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गरे ।

कानुनविपरीत एनसेलको सेयर खरिद–बिक्री प्रक्रिया अघि बढाउन सक्रिय समूह गैरकानुनी कार्य रोक्न लागिपरेको सरकारविरुद्ध नै झुटो प्रचारबाजीमा उत्रिएको उनको भनाइ छ । सल्लाहकार आचार्यले सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैरकाननुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने स्पष्ट पारे । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro