site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा इजरायली मन्त्रीका छोरा मारिए
गाडी आइसेनकोट र उनका छोरा गल मेइर आइसेनकोट । फाइल तस्बिर ।

काठमाडौं । इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट उत्तरी गाजामा मारिएका छन् । इजरायली रक्षा बलले बिहीबार सो घोषणा गरेको सीएनएनले जनाएको छ ।

गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक गलको  मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

उनका बुवा सन् २०१५ फेब्रुअरीदेखि २०१९ जनवरीसम्म इजरायली रक्षा बल (आईडीएफ)को जनरल स्टाफ प्रमुख थिए । उनले चार दशकसम्म इजरायली सेनामा सेवा गरे ।

अक्टोबर ७ मा हमासले गरेको हमलापछि उनी युद्धकालको इजरायली मन्त्रिपरिषद्‌मा बिनाविभागीयमन्त्रीका रूपमा सामेल छन् ।

Global Ime bank

गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आईडीएफ सैनिक मारिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गल मेइरको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu