site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो जितको खोजीमा वीरगन्ज र झापा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज वीरगन्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदा दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् । 

दुवै टिमले प्रतियोगितामा यसअघि समान तीन खेल खेले पनि जित निकाल्न सकेका छैनन् । तीन खेलबाट दुई अंक जोडेको झापा तालिकाको आठौं र एक अंक जोडेको वीरगन्ज तालिकाको पुछारमा छ । 

झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको थियो । यस्तै, वीरगन्जले भने दुई खेलमा हार बेहोर्दा एक खेलमा बराबरी नतिजा निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । 

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro