site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्टेफन बिनोङको गोलमा हारबाट जोगियो बुटवल

काठमाडौं । स्टेफन बिनोङले अन्तिम समयमा बराबरी गोल फर्काएपछि बुटवल लुम्बिनी एफसी र एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा १–१ को बराबरी खेलेका छन् ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको इन्जुरी समयमा स्टेफन बिनोङले गोल गरेपछि बुटवलले हार टारेको हो ।

खेलको ४८औँ मिनेटमा उत्सब राईले गोल गर्दै चितवनलाई अग्रतामा राखेका थिए ।

बुटवलका किपर मोहमोदोउले रिलिज गरेको बल उत्सवले नियन्त्रणमा राख्दै गरेको भलि प्रहार मोहमोदको हातमा बल लागे पनि उनले बचाउने अवसर नै पाएनन् । तर, थपिएको पाँच मिनेट सम्हालिन नसक्दा चितवन अंक बाड्न बाध्य बन्यो ।

तर, इन्जुरी समयमा बिनोङले गोल गरेपछि बुटवल चिवतनबाट एक अंक खोस्न सफल भएको हो । मणीकुमार लामाले मैदानको मध्यभागबाट निकालेको बललाई बिनोङले ६ यार्ड बक्स नजिकबाट दुई रक्षक र गोलकिपरलाई बिट गर्दै गोल गरे ।

यो बराबरीसँगै चितवनले लिगमा चार खेल खेल्दा पाँच अंक जोडेको छ । चितवनले यसअघिका तीन खेलमध्ये एकमा जित, एकमा बराबर र एक खेलमा हारको नजिता आत्मसात गरेको थियो ।

प्रतियोगितामा बुटवलको भने यो पहिलो बराबरी हो । यो खेलसँगै बुटवल चार खेलबाट चार अंक जोडेको छ । बुटवलले यसअघि एक खेलमा जित निकाल्दा दुई खेलमा हार बेहोरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro