site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इन्भेष्टमेन्ट बैंकले भन्यो– ऋणीको धम्कीले काम गर्न गाह्रो भयो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणी राजेश बास्कोटासहितको समूहले बैंकको अत्यावश्यकीय सेवामा नै अवरोध गर्न खोजेको आरोप लगाएको छ । ऋणीको धम्कीले काम गर्न गाह्रो भएको बैंकको भनाइ छ ।

बैंकको कर्जा उपभोग गरिरहेका झापाको भीरपाखा रिसोर्ट एन्ड फनपार्क र बास्कोटा कृषि तथा पशुपालन प्रालिका अध्यक्ष बास्कोटाका कारण सो अवस्था सिर्जना भएको बैंकले आरोप लगाएको हो ।

Dabur Nepal
NIC Asia

बास्कोटाले भने बैंकले स्वीकृत गरेअनुसारको रकम नदिँदा आफ्नो व्यवसाय नै धरापमा परेको जिकिर गरेका छन् ।

सोही विषयमा बास्कोटासहितको समूहले मंगलबार झापास्थित इन्भेष्टमेन्ट मेगा बैंकका सहायक म्यानेजरमाथि अभद्र व्यवहार गरेको थियो । उक्त विवादका विषयमा उनीहरू प्रहरीसम्मै पुगेका थिए । प्रहरी कार्यालयमा पुगेपछि भने दुवै पक्षले आफूहरू छलफल गरेर मिल्ने भन्दै बाहिरिएका थिए ।

के हो बैंक र बास्कोटाबीचको विवाद ?
राजेश बास्कोटाको भीरपाखा रिसोर्ट एन्ड फनपार्क र श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिका नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (तत्कालीन मेगा बैंक नेपाल लिमिटेड)बाट विभिन्न शीर्षकमा कर्जा सुविधा स्वीकृत भएको थियो । कृषि तथा पशुपालन प्रालिका नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा राजेशले लिइसकेका छन् ।

भीरपाखा रिसोर्ट एन्ड फनपार्क प्रालिका नाममा स्वीकृत विभिन्न शीर्षकका परियोजनाको कर्जा भने निर्माणकार्यको प्रगतिका आधारमा दिने बैंकको सर्त थियो । सोहीबमोजिम बास्कोटाले केही कर्जा समेत लिएका थिए ।

बाँकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको भन्दै रोकिएको थियो । त्यो सर्तभित्रै पर्ने बैंकले जनाएको छ । सोही कर्जाका विषयमा बैंक र बास्कोटा एकार्काको आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro