site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनसेल प्रकरण : कानुनबमोजिम कारबाही अगाडि बढाउन राप्रपा नेपालको माग
राप्रपा नेपालका अध्यक्ष कमल थापा । फाइल तस्बिर ।

काठमाडौं । राप्रपा नेपालले एनसेलको सेयर खरिद–बिक्रीबारे यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । सो प्रकरणमा कानुनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि पनि पार्टीले माग गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीले दूरसञ्चार कानुनविपरीत हुने गरी एनसेलको सेयर खरिद–बिक्री भएको बारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

Dabur Nepal
NIC Asia

“यस सन्दर्भमा नेपालको कानुनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, काठमाडौंमा गरिएको प्रदर्शनका क्रममा पक्राउ गरिएका श्रीनिवास आचार्यलगायत व्यक्तिहरूलाई तत्काल रिहा गर्न पनि माग गरिएको छ ।

adf-1701939530.jpeg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro