site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेल प्रकरण : सरकारले बनायो अध्ययन गर्न उच्चस्तरीय समिति

काठमाडौं । सरकारले एनसेलको सेयर खरिदबिक्रीका विषयमा अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले समितिका सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको कार्यवधि दिइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले विश्वबैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णय समेत गरेको छ ।

मन्त्री शर्माका अनुसार सरकारले खोनपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई र सदस्य पदमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्