site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एक महिनामै मोरङमा दुई ठूला आगलागी : ७ जनाको मृत्यु, जलन अस्पताल नहुँदा सास्ती
नेपाली सेनाको जहाजबाट उर्लाबारी आगलागीका घाइतेलाई काठमाडौं लगिँदै (पछाडिको) । आगलागीमा परी घाइते भएका उर्लाबारीका स्थानीय (अगाडिको) ।
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगरमा बुधबार अपराह्न आगलागीमा परेर दुई जनाले ज्यान गुमाए, चारजना घाइते भए । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । सबैको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । 

विराटनगर महानगरपालिका–७ स्थित एउटा कबाडी सरसामान भण्डार गरिएको गोदाममा आगलागी भएको थियो ।

घटनामा विराटनगर महागनरपालिका–६ का ४० वर्षीय दीपक मण्डल र एक ६० वर्षीया वृद्धाको मृत्यु भएको हो । मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । वृद्धा गोदाम परिसरमा मृत अवस्थामा भेटिएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

घाइतेहरूलाई बुधबार साँझ नै नेपाली सेनाको हवाइजहाज (स्काई ट्रक)बाट काठमाडौं लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले जनाएअनुसार आगलागीको कारण खुल्न सकेको छैन । तर, बीच बजारमा रहेको गोदाममा आगलागी हुँदा विराटनगरको त्यो क्षेत्रका बासिन्दा दिनभरजसो त्रसित रहे । कसैले चुरोट खाई फ्याँकेको ठुटोबाट आगो फैलिएको हुन सक्ने प्रहरीको अनुमान छ । तर, पुष्टि भइसकेको छैन । आगो दन्कन थालेपछि भाग्ने क्रममा गोदाममै काम गर्नेहरूलाई लप्काले भेटेको थियो ।

Global Ime bank

जिल्ला प्रहरी प्रमुख एसपी दिपक पोखरेलले भने, “सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौँ । पहिलो आगलागी नियन्त्रण र घाइतेको उद्धार तथा उपचारमा हामी केन्द्रित भयौँ ।”

घाइतेहरूलाई विशेषज्ञ चिकित्सको निगरानीमा थप उपचारका लागि काठमाडौं पठाइएको हो । कोसी प्रदेशमा जलेका मानिसहरूको उपचार गर्ने अस्पताल छैन । बुधबार नै जिल्ला सुरक्षा समितिको बैठकले बर्न अस्पताल पठाउन सेनाको हवाई जहाज मगाउने निर्णय गरेको थियो । यसमा संघीय गृह मन्त्रालयले सहयोग गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार घटनामा विराटनगर–६ बस्ने ६५ वर्षीया सुशीला पासवान, सोही वडाकी ६० वर्षीया रिता सरदार, ५८ वर्षीय किशोर कामत र  मोरङ कटहरी गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया पिंकी कामतलाई बर्न अस्पताल पठाइएको छ । रिता सरदार र सुशीला पासवानको स्वास्थ्य अवस्था गम्भीर छ ।

विराटनगर महानगरपालिका र सुनसरीबाट आएका दमकल, प्रहरी तथा स्थानीयको सहयोगमा अगाो नियन्त्रणमा लिइएको थियो ।

मोरङमा यस्तै घटनामा परी एक महिनाअघि मात्र पाँचजनाले ज्यान गुमाएका थिए । कार्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारीमा सञ्चालित सुन पसलमा राति आगलागी भएको थियो । त्यो घटनामा आगलागी नियन्त्रण गर्न खटिएका प्रहरी र रमितेहरू घाइते भएका थिए । त्यो घटनामा प्रहरीसहित २८ जना घाइते भएका थिए । त्यो घटनामा घाइते चार प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई उपचारका लागि काठमाडौं लगिएको थियो । कोसी प्रदेश सरकारको समन्वयमा घाइतेलाई विराटनगर र झापाबाट सेनाकै जहाजमा राखेर काठमाडौ पठाइएको थियो । 

उर्लाबारी नगरपालिका–७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, सोही ठाउँका ४२ वर्षीयकुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल (दीपक) र ४३ वर्षीय तपन पण्डितको मृत्यु भयो । उनीहरू सबैको उपचारकै क्रममा बर्न अस्पतालमा मृत्यु भएको थियो । मंसिर ११ गते रामनरेश मरिताको निधन भयो । उर्लाबारी नगरपालिका–७ का दीपक कार्कीको घरमा सञ्चालित स्नेहा ज्वेलर्समा आगलागी भएको थियो । धनुषा जनकनन्दिनी गाउँपालिका–१ स्थायी घर भई उर्लाबारी–७ बस्दै आएका ४३ वर्षीय मरिता फार्मेसी सञ्चालन गर्दथे ।

इटहरीमा जलन अस्पताल

आगलागीबाट जलेकाहरूको शरीर ४० प्रतिशत जले बच्ने सम्भावना कम हुन्छ । यसअघि आगलागीमा परेकाहरूलाई विराटनगरस्थित विराट नर्सिङ होम र बिर्तामोडको बीएन्डसी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । तर, दुवै अस्पतालमा जलन सम्बन्धी विशेषज्ञ चिकित्सक उपलब्ध थिएनन् । सघन उपचार कक्षमा उपचार गरिएकाहरूलाई चिकित्सकले नै काठमाडौं लैजान सिफारिस गरेका थिए ।

सरकारले हरेक वर्ष कोसी प्रदेशमा आगलागी र त्यससँग सम्बन्धित घटनामा परी सर्वसाधारणको ज्यान जाने क्रम बढ्न सुरु भएपछि सुनसरीको इटहरीमा जलन अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । चालु आर्थिक वर्षको बजेटमा जलन अस्पताललाई बजेट विनियोजन गरिएको मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । 

“शरीर जलेकाहरूलाई उपचार गर्न काठमाडौ नै लग्नुपर्ने र यो उपचार धेरै महँगो हुने भएकाले सर्वसाधारणले खर्च धान्न नसक्ने हुने रहेछ,” कार्कीले भने, “त्यसैले प्रदेश सरकारको पहल र लगानीमा इटहरीमा जलन अस्पताल सञ्चालन गर्ने हामीले तयारी थालिसक्यौँ ।”

कार्कीका अनुसार बजेट विनियोजन भएकाले अब सरकारले छिट्टै अस्पताल सञ्चालन गर्ने काम सुरु गर्ने छ । इटहरी प्रदेशको विभिन्न सहरबाट पुग्न बीच भागमा पर्ने भएकाले पनि ठाउँ चुनिएको मुख्यमन्त्री कार्कीको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  २२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !