
सर्लाही । मधेसको उखुम गर्मी । तर, पनि कम छैन घुमफिर गर्नेहरूको चहलपहल । यसको एउटा उदाहरण हो, सर्लाहीको वाग्मती नगरपालिकामा पर्ने भरत ताल । जहाँ स्वदेशी र भारतीय पर्यटक रमाइरहेको देखिन्छ ।
पछिल्लो समय मधेस प्रदेश घुम्न आउने पर्यटकको पहिलो रोजाइ बनेको छ, भरत ताल । बोटिङका लागि यो ताल चर्चित छ ।
वाग्मती नगरपालिका वडा नम्बर ४ र १२ मा पर्ने ताल १२१ बिघामा फैलिएको छ । सुरुमा माछापालनका लागि खनिएको पोखरीलाई पछि तालकै रूपमा विकास गरिएको हो । तालनजिकै ९० बिघामा फैलिएको बगैँचामा आँप, लिचीलगायत बिरुवा छन् । बाँध बनाएर वाग्मती नदीको पानी तालमा खसालिएको छ ।
हेर्नुहोस् तस्बिर
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ १६:३७
प्रतिक्रिया दिनुहोस्