site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले समितिमा आएर बोल्नुपर्छ : योगेश भट्टराई 

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको छलफल राख्न माग गरेका छन् । 

आजको सार्वजनिक लेखा समितिको बैठकमा उनले संसद् अधिवेशन अन्त्य भएकाले प्रधानमन्त्रीले समितिमा आएर बोल्नुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

“प्रधानमन्त्रीको उपस्थितिमा छलफल राखियोस् । त्यसमा अर्थमन्त्री र सम्बन्धित निकाय पनि आउनुपर्छ । किनभने अहिले संसद् चलेको छैन । समितिमा आएर बोल्नुपर्छ,” भट्टराईले भने । 

उनले एनसेलको खरिदबिक्री प्रकरण गम्भीर रहेको बताए । “यो मुद्दा सामान्य होइन । यो एकदमै गम्भीर हो । नेपालमा विदेशी लगानीको लागि हामी खुल्ला छौँ । एउटा कम्पनी नेपालमा लगानी गरेर १५ वर्षमै खर्ब कमाउँछ भने नेपाल लगानीका लागि उपयुक्त छ भन्ने देखिन्छ,” भट्टराईले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro