site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से १० अंकले घट्यो, विशाल बजारका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । पछिल्ला दिनहरूमा सेयर बजार लगातार ओरालो लागेको छ । गत साताको मंगलबारदेखि ओरालो लागेको नेप्से परिसूचक हालसम्म रोकिएको छैन ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज (मंगलबार) पनि नेप्से परिसूचक १०.१० अंक घटेर १८३७.७१ विन्दुमा रोकिएको हो । यस दिन नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । एक अर्ब ५४ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Dabur Nepal
NIC Asia

सोमबार भने एक अर्ब एक अर्ब १९ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

घटेको बजारमा विशाल बजार कम्पनीका सेयरधनीले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका सेयरधनीले प्रतिकित्ता ३५९ रुपैयाँ ४० पैसा गुमाएका हुन् । यो कम्पनीको सेयर मूल्य तीन हजार ४१० रुपैयाँ ६० पैसा कायम भएको छ ।

सर्वाधिक सेयर मूल्य वृद्धि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रूपैयाँ कायम भएको छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ३६ करोड २९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये जीवन बिमा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।  यसदिन २९२ धितोपत्रको ४६ लाख ९८ हजार ६८२ कित्ता खरिद–बिक्री भएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro