site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरभित्र आगो बाल्दा ग्यास सिलिन्डर पड्कियो, जलेर मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ स्थित घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय लोकबहादुर नेपालीको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार बेलुका नेपालीले आफ्नो एकतले कच्ची घरभित्र ताप्नका निम्ति आगो बालेका थिए । त्यसक्रममा आगलागी भएको हो । आगो सल्किएर एलपी ग्यास सिलिन्डर समेत पड्किएको प्रहरीले जनाएको छ ।

आगलागीबाट शरीर जल्दा घटनास्थलमै उनको मृत्यु भएको थियो । घर पूर्ण रूपमा क्षति भएको छ ।

सो घटनामा अरू कोही कसैलाई केही नभएको र बेलुका करिब पौने ९ बजे आगलागी पूर्ण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro