site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अपराजित ललितपुरलाई वीरगन्जको चुनौती

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आज (मंगलबार) प्रतियोगिताको अपराजित ललितपुर सिटी एफसीलाई पुछारको वीरगन्ज युनाइटेडले चुनौती प्रस्तुत गर्दै छ । 

लिगमा हालसम्म वीरगन्ज जितविहीन छ । वीरगन्जले यसअघि दुई खेल खेले पनि दुवैमा हार बेहोरेको थियो । यता, अपराजित ललितपुर भने तीन खेलबाट पाँच अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

ललितपुरले यसअघि एक खेलमा जित निकाल्दा दुई खेलमा बराबरीको नतिजा आत्मसात् गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टिमबीचको खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । 

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी बुटवल लुम्बिनी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । 

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro