site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्मान

काठमाडौं । अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषद्वारा सम्मान गरिएको छ । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि, सहरी विकासमन्त्री सीता गुरुङद्वारा हस्तान्तरण गरिएको थियो ।

गत वैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपांग कोषलाई पाँच लाख रुपैयाँ रकम सहयोग गरेको थियो ।

सिटीले कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपांगता भएकाहरूलाई सेवा पुर्‍याउने उदेश्यले उक्त रकम सहयोग गरेको जनाएको छ ।

कोषले वार्षिक १५ सय अपांगता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्दै आइरहेको छ । साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेसनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro