site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक विजेता काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले राम्रो आक्रमण बुन्न नसक्दा गोलरहित बराबरीमा रोकिए ।

खेलको २७औँ मिनेटमा झापाको गोललाई फाउल भएको भन्दै रेफ्रीले मान्यता दिएनन् । रक्षक अमित तामाङले अर्का रक्षक आन्द्रेश नियालाई दिएको पास विफल भएपछि झापाले काउन्टर अवसर सृजना गरेको थियो ।

Dabur Nepal
NIC Asia

मिडफिल्डर प्रदीप लामाको पासमा फरवार्ड जोर्ज सान्चेजको प्रहार अभिषेक बरालले नियन्त्रणमा लिए पनि उनको हातबाट बल फुत्किएको थियो । सोही क्षण अभिषेकमाथि समीराजबाट फाउल हुँदा बलले जाली चुमेको थियो । 

यसबाहेक, खेलमा अरु गतिलो आक्रमण बन्न सकेन ।

यो बराबरीसँगै तीन खेललबाट पाँच अंक जोडेको साविक विजेता काठमाडौं तालिकाको चौथो स्थानमा यथावत् छ । काठमाडौंले यसअघि पहिलो खेलमा इलामलाई पराजित गर्दा दोस्रो खेलमा चितवनसँग बराबरी खेलेको थियो । 

समान खेलबाट दुई अंक जोडेको झापा तालिकाको आठौँ स्थानमा छ । झापा आफ्नो पहिलो खेलमा इलामसँग १–० ले पराजित हुँदा दोस्रो खेलमा पोखरा थन्डर्सविरुद्ध १–१ को बराबरीमा रोकिएको थियो ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी बुटवल लुम्बिनी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । 

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro