site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो हाफमा झापा र काठमाडौं गोलरहित बराबर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा झापा एफसी र काठमाडौं रेजर्सबीचको पहिलो हाफ गोलरहितमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले बलियो आक्रमण बुन्न सकेनन् ।

२७औँ मिनेटमा झापाको गोललाई फाउल भएको भन्दै रेफ्रीले मान्यता दिएनन् । रक्षक अमित तामाङले अर्का रक्षक आन्द्रेश नियालाई दिएको पास विफल भएपछि झापाले काउन्टर अवसर सिर्जना गरेको थियो । मिडफिल्डर प्रदीप लामाको पासमा फरवार्ड जोर्ज सान्चेजको प्रहार अभिषेक बरालले नियन्त्रणमा लिए पनि उनको हातबाट बल फुत्किएको थियो । सोही क्षण अभिषेक समीराजबाट फाउल हुँदा बलले जाली चुमेको थियो ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । 

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro