site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विप्लव र प्रकाण्डविरुद्ध ३५ दिने पक्राउ पुर्जी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले भूमिगत राजनीतिबाट खुला राजनीतिमा फर्किएका नेकपाका महासचिव नेत्रविक्रम र प्रवक्ता खड्गबहादुर विश्वकर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

राज्यविरुद्धको कसुरमा प्रहरीको अनुसन्धानमा सरकारी वकिलले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जीजारी गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासचिव विप्लवसहित प्रवक्ता विश्वकर्मा, प्रकाण्ड, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीसहित ६ जना नेताविरुद्ध काठमाडौंका विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोगमा सरकारी वकिल कार्यालय काठमाडौंले ०७६ असोज ९ गते मुद्दा दायरा गरेको थियो । 

उक्त मुद्दामा सरकारी वकिलले अभियुक्तहरूको ठेगाना खुलाउन नसकेपछि यही मंसिर १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले पत्रिकामा सूचना छाप्ने आदेश गरेको थियो ।  उक्त आदेश अनुसार सोमबार गोरखापत्रमा सूचना प्रकाशित भएको छ । 

कुनै अभियुक्तको ठेगाना पत्ता नलागेमा सार्वजनिक सूचना जारी गर्ने अभ्यास रहेको छ । सूचनापछि अभियुक्तले आफूलाई अभियोगबारे जानकारी नरहेको भन्न पाउँदैन । 

सूचनामा विप्लसहितका प्रतिवादीलाई आफैँ उपस्थित भएर आफ्नो स्पष्टीकरण राख्न भनिएको छ । “उपरान्त वादी नेपाल सरकार प्रतिवादी हेमन्त प्रकाश ओली भएको राज्यविरुद्धको कसुर मुद्दा मिति २०७६/०६/०९ मा दायर भई मिति २०८०/०८/१० को आदेशानुसार तपाईंका नाउँमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५८ (१३) बमोजिम प्रस्तुत ३५ दिने पक्राउ पूर्जीको सूचना प्रकाशित गरिएको छ । यो पक्राउ पूर्जीको सूचना प्रकाशित भएको मितिले बाटोका म्यादबाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाईं आफैँ उपस्थित हुनुहोला,” अदालतको सूचनामा भनिएको छ, “तपाईंहरूले म्याद गुजारी बसेमा मुद्दा कानुन बमोजिम हुनेछ । पछि तपाईंको उजुरबाजुर लाग्ने छैन ।”

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्