site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनलाई हराउन एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई निर्देशन दिएका छन् ।

पुटिनको आदेश तत्काल लागु भएको क्रेमलिनले आइतबार जनाएको छ । 

मस्कोले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ । रुसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख कायम हुन्छ ।

Dabur Nepal
NIC Asia

रूसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विशेष सैन्य अभियान र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को जारी विस्तारसँग सम्बन्धित हाम्रो देशमाथि बढ्दो खतराका कारण सशस्त्र बलको पूर्णकालीन शक्तिमा वृद्धि गरिएको छ । यद्यपि, यो आदेशले ‘भर्तीको कुनै उल्लेखनीय विस्तार’ लाई सङ्केत गर्दैन, तर यो वृद्धि विस्तारै थप स्वयंसेवकहरू भर्ती गरेर हुने सी अधिकारीलाई उद्धृत गरी अल जजिराले जनाएको छ । 

रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ देखि डिसेम्बर १ सम्म चार लाख ५२ हजारभन्दा बढीलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “नेटोको संयुक्त सशस्त्र बल रूसको सीमा नजिक निर्माण भइरहेको छ र थप हवाई प्रतिरक्षा प्रणाली र आक्रमण गर्ने हतियारहरू तैनाथ गरिएको छ । नेटोको सामरिक आणविक शक्तिको क्षमता वृद्धि भइरहेको छ ।” 

’नेटो गठबनधनको आक्रामक गतिविधिका लागि रूसी सेनालाई बढाउनु उपयुक्त प्रतिक्रिया भएको सको दाबी छ । 

सन् २०१८ यता रूसले दोस्रोपटक सेना विस्तार गरेको छ । यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए ।

गत डिसेम्बरमा रूसी रक्षामन्त्री सर्गेई शोइगुले रूसको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो देशलाई १५ लाख सैनिक आवश्यक रहेको बताएका थिए ।

यसअघि क्रेमलिनले आफ्नो सेनाको आकारलाई पर्याप्त ठानेको थियो, तर युक्रेनमाथि चाँडै विजय हासिल गर्ने आशामा सङ्ख्या बढाइएको हो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  २२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro