site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिगमा बुटवलको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा एफसी बुटवल लुम्बिनी एफसीले पहिलो जित निकालेको छ । बुटवलले आइतबार सम्पन्न खेलमा स्पोर्टिङ इलाम डे मेची एफसीलाई २–१ ले हराएको हो ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवललाई जित दिलाउन स्टेफन बिनोङ र कप्तान एरिक बिष्टले गोल गरे । इलामका अमाथ ड्वले गोल फर्काएका थिए । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ४९औँ मिनेटमा स्टेफन बिनोङले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए । १८ यार्ड बक्स बाहिरबाट विनोङले नै बक्सभित्र लेफ्ट साइडका जिलेश्पीजंग कार्कीलाई खोजेका थिए । जिलेश्पीले निकालेको पासमा ६ यार्ड बक्सनजिक अनमार्क रहेका बिनोङले नै बललाई वान टचमा जालीको दिशा दिएका थिए ।

Butwal-Ilam-(3)-1701612134.jpg

अमाथ ड्वले ७८औँ मिनेटमा गोल गर्दै इलामलाई खेलमा फर्काएपछि खेलले रोमाञ्चक मोड लियो । सन्तोष खत्रीले करिब ३५ यार्ड परबाट गरेको प्रहार इलामका गोलकिपर मोहम्मोदोउले बचाए पनि सो बल गोललाइन नजिक रोकिँदा पेनाल्टी बक्समा रहेका ड्वले सहजै जाली चुमाए ।

तर, ८८औँ मिनेटमा एरिक विष्टले उत्कृष्ट फ्रिकिक गोल गर्दै बुटवललाई पुनः अग्रतामा राखे । ३० यार्डभन्दा परको फ्रिकिकमा एरिकले सोझै टप कर्नर गोल गरे । यही गोल निर्णायक बन्दा बुटवलले पहिलो तीन अंक सुनिश्चित गर्‍यो ।

त्यसअघि खेलमा दुवै टिमले केही सुन्दर अवसरको सदुपयोग गर्न सकेनन् । खेलको तेस्रो मिनेटमै इलामलाई भाग्यले साथ दिएन । फरवार्ड फोडे कामराको सुन्दरको क्रसमा पेनाल्टी बक्समा रहेका भरत खवासले गरेको वान टच प्रहार पहिलो बारमा लाग्दै फर्किएको थियो ।

Butwal-Ilam-(2)-1701612087.jpg

छैटौं मिनेटमा बुटवल लुम्बिनीका कप्तान एरिक बिष्टको प्रहार इलामका गोलकिपर विकेश कुथुका लागि गतिलो खतरा बन्न सकेन । मिडफिल्डर अब्डौल्जे बाले आशिष लामालाई ३५ यार्ड पर फाउल गरेपछि बुटवलले फ्रिकिक प्राप्त गरेको थियो । तर, मार्की खेलाडी एरिक विष्टको प्रहार इलामका गोलकिपर विकेश कुथुले सहजै बचाए ।

२६औँ मिनेटमा अमाथ ड्वले अवसर सदुपयोग गर्न नसक्दा इलामले अग्रताको मौका खेर फाल्यो । फोडे कामाराले राइट साइडमा उपलब्ध गराएको बल एक रक्षकलाई कटाउँदै ड्वले गरेको प्रहार माथिबाट बाहिरियो ।

५८औँ मिनेटमा फोडे कामाराले प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा इलामले खेलमा फर्किने सुनौलो मौका गुमायो । १८ यार्डभित्र अर्नेस्ट टाम्पीको ह्यान्ड भएपछि इलामले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहारका लागि आएका कामाराको प्रहार सही ‘जज’ गर्दै बायाँतर्फ बललाई बाहिर फ्याक्दै इलामको खेलमा फर्किने सम्भावनालाई विफल बनाए ।

Butwal-Ilam-(1)-1701612073.jpg

७६औँ मिनेटमा इलामको आक्रमणमा पोस्ट बाधक बन्यो । राइट साइडबाट अमाथ ड्वले गरेको क्रसमा १८ यार्ड बक्सभित्र बुटवलका गौरब श्रेष्ठबाट डिफ्लेक्ट हुँदा पोस्टमा लागेर बाहिरिएको थियो ।

जितसँगै बुटवलले प्रतियोगितामा तीन खेलबाट तीन अंक जोडेको छ । यसअघि पहिलो खेलमा ललितपुरसँग २–० ले पराजित बुटवलले दोस्रो खेलमा धनगढीविरुद्ध पनि १–० को हार बेहोरेको थियो ।

प्रतियोगितामा इलामको भने यो दोस्रो हार हो । यसअघि उद्धघाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग १–० ले निराश बनेको इलामले दोस्रो खेलमा भने झापालाई १–० ले हराएको थियो ।

Butwal-Ilam-(17)-1701612038.jpg

Butwal-Ilam-(15)-1701612037.jpg

Butwal-Ilam-(16)-1701612037.jpg

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro