अर्थ व्यवसाय
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कर्मचारी संघले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणका क्रममा भएको भनिएको मिलेमतोबारे छानबिन गर्न माग गरेको छ ।
विभिन्न सञ्चारमाध्यममा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा धितोपत्र बोर्डका उच्च अधिकारी र व्यापारिक समूहबीच आर्थिक मिलेमतो भएको भन्ने विषय बाहिरिएको भन्दै संघले सोबारे छानबिन गर्न माग गरेको हो । सो विषयमा दोषी भेटिए कडाभन्दा कडा कारबाही गर्नुपर्ने कर्मचारी संघको माग छ ।
आइतबार कर्मचारी संघले एक विज्ञप्ति निकाल्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा घोटाला नभएको भए नेतृत्वले प्रतिवाद गर्नुपर्नेमा जोड दिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८० १८:१०
प्रतिक्रिया दिनुहोस्