site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जसरी पनि निर्माण व्यवसायीको रकम भुक्तानी गर्छौं : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले गत आर्थिक वर्षको बाँकी रकम भुक्तानी दिएमात्रै अर्थतन्त्र चलायमान हुने बताए । 

अहिले पनि अर्थतन्त्र संकटमा रहेको उनको भनाइ छ । मन्त्री ज्वालाले आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भने पनि अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्था भने नरहेको स्पष्ट पारे । उनले अर्थतन्त्र धेरै नै दबाबमा छ भनेर निराशा फैल्याउन नहुने पनि बताए । 

“अघिल्लो आर्थिक वर्षको भुक्तानी जुनसुकै अवस्थामा जस्तो सुकै विकल्प रोजेर भए पनि दिनुपर्छ । त्यसो भयो भने अर्थतन्त्र चलायमान हुन्छ,” उनले भने, “मन्त्रालयले यसका लागि धेरै प्रयत्न गरेपछि धेरै भुक्तानी गर्न सकियो । केही बाँकी छ, त्यो पनि चाँडै भुक्तानी हुनेछ ।” 

मन्त्री ज्वालाले लगानी बढाउन लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको बताए । लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro