site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोप २८ ‘अहिलेसम्मकै सबैभन्दा ठूलो’ सम्मेलन, ८० हजार प्रतिनिधि यूएईमा
SkywellSkywell

दुबई । कोप २८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन भएको आयोजकले जनाएको छ । सम्मेलनमा ८० हजार सहभागीहरूले पहिलो पटक आवद्धता देखाउने सूचीमा आफ्नो नाम दर्ता गराएका छन् ।

यस वर्षसम्म, भाग लिनेहरूले कसको लागि काम गर्छन् भनेर खुलाउने प्रचलन थिएन । यसले गर्दा पक्षधरहरू पत्ता लगाउन र वार्ताकारहरूको सम्भावित स्वार्थको द्वन्द्वपहिचान गर्न गाह्रो हुन्थ्यो ।

प्राविधिक र सुरक्षा कर्मचारीहरूसहित लगभग एक लाख चार हजार व्यक्तिहरूले यस वर्ष वास्तविक जलवायु वार्ता र उपस्थित राज्य र सङ्गठनहरूको मञ्चका लागि समर्पित ‘ब्लू जोन’मा पहुँच पाएका छन् ।

KFC Island Ad
NIC Asia

गैरसरकारी संस्थाहरूका अनुसार गत वर्ष इजिप्टमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन ‘कोप–२७’ मा ४९ हजार मान्यता प्राप्त व्यक्तिहरू सहभागी भएका थिए, जहाँ तेल र ग्यासको प्रतिनिधिहरूको सङ्ख्या अधिकांश राष्ट्रिय प्रतिनिधिमण्डलभन्दा बढी थियो ।

यस वर्ष सम्मेलनमा आधिकारिक सरकारी टोलीका लगभग २३ हजार ५०० प्रतिनिधिहरू सहभागी बनेका छन् । उनीहरूसँग २७ हजार २०८ नीति विशेषज्ञहरू, शिक्षाविद्हरू, व्यावसायिक संगठनहरूका प्रतिनिधिहरू र पेट्रोलियम पदार्थसम्बन्धी ठूला कम्पनीका वरिष्ठ अधिकारीहरू सम्मेलनस्थलमा पुगेका छन् ।

यी अतिथिहरूलाई आधिकारिक प्रतिनिधिहरूको रूपमा वार्तामा पहुँचको समान हैसियत छैन । तर, उनीहरूको उपस्थितिले वार्तालाई प्रभावित गर्न ठूला व्यवसायको क्षमताको बारेमा चिन्ता बढाएको छ ।

फोर्ब्स पत्रिकाका अनुसार बिल गेट्स र एलभीएमएचका प्रमुख बर्नार्ड अर्नाल्टका छोरा एन्टोनी अर्नाल्ट पनि सम्मेलनमा अतिथिका रूपमा उपस्थित हुनेछन् । मान्यता सूचीमा १४ हजारभन्दा बढी गैरसरकारी संस्थाहरू पनि समावेश छन्, जसमा वातावरणीय समूहहरूदेखि औद्योगिक प्रतिनिधिहरूसम्म समावेश छन् ।

गत जुनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जीवाश्म इन्धन कम्पनीहरूले पृथ्वीको जलवायु परिवर्तनलाई नियन्त्रणबाहिर जानबाट रोक्नका लागि ‘प्रगतिमा अड्चन खडा गर्न बनाइएका प्रभाव र कानुनी खतराहरू नियन्त्रण गर्न र रोक्न’ निर्देशन दिएका थिए ।

आयोजकका अनुसार दुबई एक्स्पो २०२० को प्रदर्शनीस्थलमा आयोजना गरिएको सम्मेलन परिसरको वरिपरि फैलिएको विशाल ‘हरित क्षेत्र’मा पुग्न एक दिनको पास प्राप्त गर्न लगभग चार लाख व्यक्तिहरूले निवेदन दर्ता गरेका छन् । जुन व्यवसाय र पर्यावरणीय नवीनता प्रदर्शन गर्ने विशाल मेलामा परिणत भएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro