कला
काठमाडौं । समीक्षक समेत रहेका दीपेन्द्र लामाले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । चलचित्रको नाम ‘दुखी आत्मा’ रहनेछ ।
“अबको मेरो चलचित्र दुखी आत्मा हुनेछ । अहिले यसको स्क्रिप्टमा काम गरिरहेको छु,” दीपेन्द्रले भने ।
डार्क कमेडी जानरामा निर्माण हुने चलचित्र माघ अथवा फागुनबाट छायांकनमा जाने उनले जानकारी दिए ।
चलचित्रमा दयाहाङ राई अनुबन्धित भइसकेका छन् । बाँकी कलाकार को हुने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
दीपेन्द्रले निर्देशन गरेको चलचित्रमा हिमाल कडरियाको लगानी रहनेछ । लेखक पनि निर्देशक स्वयं हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० ११:४७
प्रतिक्रिया दिनुहोस्