site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल एयरलाइन्सको दाबी : परिवर्तित उडान तालिकाबारे सबै यात्रुलाई खबर गरेका थियौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल एयरलाइन्सले फ्लाइट सारेको विषयमा सबै यात्रुलाई खबर गरिएको दाबी गरेको छ । उडान तालिका परिवर्तन हुँदा ३१ यात्रु छुटेको विषयमा एयरलाइन्सले सबै यात्रुलाई खबर गरिएको दाबी गरेको हो ।

बुधबार राति ११ः३० को फ्लाइट ९ः३० बजे हुँदा ३१ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेका थिए । उडान छुटेर रोकिएका यात्रुलाई जतिसक्दो चाँडो पठाउने तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले सबैलाई खबर गरेका थियौँ । कल पनि गरेको थियौँ । धेरै संख्या आउनु पनि भयो । केही छुट्नु भयो । उहाँहरु छुट्नु भएकामा हामीलाई दुःख लागेको छ,” प्रवक्ता पौडेलले भने, “उहाँहरुलाई जतिसक्दो छिटो पठाउनको लागि हामी लागेका छौँ, बेलुका ११ः३० मा हाम्रै फ्लाइट छ । उहाँहरुलाई पठाउँछौँ ।”

NA-PR-1701333705.jpgएयरलाइन्सले निकालेको विज्ञप्ति ।

Global Ime bank

तर, बाह्रखरीको सम्पर्कमा आएका यात्रु उज्ज्वल विक्रम राणाले छुटेका ३१ यात्रुमध्ये कसैलाई पनि परिवर्तित उडान तालिकाबारे सूचना नआएको बताए । उनले एयरलाइन्सको तर्फबाट कुनै फोन तथा मेसेज नआएको बताए ।

प्रवक्ता पौडेलका अनुसार मंसिर ८ गते नै निगमको उडान दुई घण्टा अघि सारिएको थियो । निगम स्रोतका अनुसार मंसिर ६ गते ९ः५० को टिकट उपलब्ध गराइदिन परराष्ट्र मन्त्रालयबाट पत्राचार आएको थियो । त्यसपछि सोहीअनुसार नै ११ः३० को फ्याइट ९ः३० मा सारिएको थियो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ः३० मा प्रधानमन्त्री दुबई गएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय