site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिट्मस केबल्स र फिटनेस प्रशिक्षक सनम मुलगुठीबीच सहकार्य

काठमाडौं । तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रीज लिमिटेडले चर्चित खेलाडी तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीसँग सहकार्य गरेको छ । १५औँ वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमसँग सहकार्य गरेको हो ।

लिट्मस केबल्सले नेपाली फिटनेस तथा बडीबिल्डिङको क्षेत्रलाई नयाँ उचाइ प्रदान गर्ने सनमसँग हात मिलाउँदै सम्पूर्ण नेपालीलाई व्यक्तिगत विकास, सबल र उज्यालो नेपाल निर्माणमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उद्देश्य राखेको जनाएको छ ।

सहकार्यबारे बोल्दै, लिट्मस इन्डस्ट्रीजकी मार्केटिङ तथा बिजनेस डेभलप्मेन्ट निर्देशक साक्षी गुप्ताले भनिन्, “सनमको अटल समर्पणजस्तै हामीले निर्माण गर्ने हरेक तार र केबलले भरोसा र सबलताको आधार निर्माण गरेका छन् र तिनलाई प्रमाणित पनि गरेका छन् । उहाँको अद्भुत यात्रा र परिचय दृढता, अनुशासन, लगन र निरन्तर मेहनतको सशक्त उदाहरण हो– लिट्मसलाई परिभाषित गर्ने मूल्य मान्यताहरू पनि यिनै विशेष गुण हुन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro