site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

कञ्चनपुर, (रासस)। जिल्ला अदालतले बेदकोट नगरपालिका–१ चम्फापुरकी २४ वर्षीया रामदुलारी रानाको हत्याका आरोपी उनका प्रेमी प्रकाश मल्ललाई जन्मकैदको सजाय सुनाएको छ ।
अदालतले मल्लका बुवासहित अन्य पाँच जनालाई तीन/तीन वर्षको कैद सजाय सुनाएको छ । विसं २०७३ जेठ १८ गते राति घरमा हराएकी राना पाँच दिनपछि चम्फापुरमा मृत अवस्थामा भेटिएकी थिइन् । 
रामदुलारीका ससुरा पदम रानाले प्रकाश मल्लसहित इन्द्रबहादुर मल्ल, डम्मरा मल्ल, रत्ना मल्ल, लक्ष्मी मल्ल र मीना मल्लको नाममा किटानी जाहेरी दिएको थियो ।
प्रहरीले राना परिवारका उजुरी दर्ता गर्न नमानेपछि अधिकारकर्मी प्रधानमन्त्रीसम्म पुगेका थिए । अधिकारकर्मी शारदा चन्दको पहलमा राना परिवारले काठमाडौँको लाहुरी संस्थाबाट कानुनी सहयोग पाएका थिए ।
जिल्ला अदालतको थुनछेक बहसमा प्रेमिका प्रकाशलाई पुर्पक्षका लागि कारागार र अन्यलाई जनही रु ५० हजार घरौटीमा छाडिएको थियो ।
अधिकारकर्मी चन्दले अदालतको फैसलाबाट न्यायको अनुभूति पाएको प्रतिक्रिया दिनुभयो । चम्फापुर घर भएका पदम रानाका बुहारी राम दुलारी रानालाई नजिकै घर भएका युवा प्रकाश मल्लका परिवारले राति कुटपिट गरी फरार भएपछि खोज तलासका लागि अस्थायी प्रहरी चौकी दैजीमा उजुरी दिँदासमेत प्रहरीले सहयोग नगरेको भन्दै स्थानीयले प्रहरीमाथि खनिएका थिए ।
श्रीमान् वैदेशिक रोजगारमा भएका बेला मृतक राना र छिमेकी प्रकाश मल्लबीच लामो समयसम्म सम्बन्ध हुन पुगेको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४  २२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro