site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दोलखामा ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गड्स’ प्रतियोगिता हुने
SkywellSkywell

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गड्स’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी नोभेम्बर २७ देखि २९ सम्म दोलखामा हुनेछ ।

काठमाडौंबाट करिब १३५ किलोमिटर दुरीको मध्य नेपालको दोलखामा हुने उक्त दौड कार्यक्रममा अभ्यास दिवस, सीडिङ रन र रेस डे समावेश गरिने छ ।

Dabur Nepal
NIC Asia

भीमेश्वर नगरपालिकाका मेयर इश्वरनारायण मानन्धरले कार्यक्रममा दोलखा माउन्टेन बाइकिङका लागि अर्को गन्तव्य बन्ने तयारी भइरहेको बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कार्यक्रमले दोलखालाई मात्रै नभइ नेपाललाई टप माउन्टेन बाइकिङ गन्तव्यका रूपमा चिनाउने बताए ।

प्रतियोगितामा पहिलो क्याटोगोरीमा एलिट समूह, दोस्रोमा खुला वर्ग, तेस्रोमा मध्यम तथा चौथो स्तरमा रमाइलो वर्ग गरी वर्गीकरण गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu