site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पाइस जेटले फेरि दिल्ली–काठमाडौं उडान गर्ने, प्राधिकरणलाई गर्‍यो पत्राचार

काठमाडौं । भारतीय हवाई सेवा कम्पनी स्पाइस जेटले पुन: दिल्ली–काठमाडौं उडान गर्ने तयारी गरेको छ । यसअघि पनि दिल्ली–काठमाडौं उडान गरिसकेको कम्पनीले पुनः उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई औपचारिकरूपमा पत्राचार गरेको छ ।

सन् २०१० बाट दिल्ली–काठमाडौं उडान थालेको कम्पनीले सन् २०१५ मा उडान रोकेको थियो । त्यसपछि पुनः उडान सुरु गरेकोमा कोरोना महामारीको कारण सन् २०२० मा उडान बन्द भयो ।

अहिले कम्पनीले पुनः उडानका लागि प्राधिकरणलाई पत्राचार गरेको छ । कम्पनीले दैनिक दुई उडानका लागि अनुमति मागेको प्राधिकरणले जनाएको छ । कम्पनीले उडान अनुमतिका लागि  औपचारिकरूपमा आवेदन दिए प्राधिकरणले अनुमति समय तोक्ने छ ।

“स्पाइस जेटले अहिले मेल पठाएको छ । अब, औपचारिकरूपमा आवेदन दियो भने कहिलेदेखि, कति उडान हुने भन्ने मिति तोकिन्छ ।”

उडानका लागि विमान थपिएपछि प्रतिस्पर्धा हुने भएकाले टिकट सस्तो हुन्छ । जसले यात्रुलाई प्रत्यक्ष फाइन हुने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन् ।

“स्पाइस एयरले उडानका लागि सम्पर्कमा आउनु राम्रो कुरा हो । काठमाडौं–दिल्ली एकदमै व्यस्त सेक्टर हो । जहाज कम हुँदा टिकट नपाउने र महँगो हुने समस्या छ । उडान गर्ने वायुसेवा कम्पनी धेरै हुँदा प्रतिस्पर्धा बढ्छ र जसले टिकट सस्तो हुन्छ ।”

स्पाइस जेटले नेपालका लागि पुरानो जनरल सेल्स एजेन्ट (जीएसए)लाई हटाएर नयाँ जीएसए छनोट गरिसकेको छ ।

टीआईएलाई तिर्न तीन लाख बाँकी

स्पाइस जेटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)लाई दिनुपर्ने ६५ लाख बक्यौता र ३५ लाख पेनाल्टी गरेर एक करोड रुपैयाँ २०७६ मै तिरेको थियो । ल्यान्डिङ पार्किङको कुनै पनि बक्यौता बाँकी छैन ।

सहप्रवक्ता भुलका अनुसार स्पाइस जेटले टीआईएमा अफिसको भाडा करिब तीन लाख तिर्न बाँकी छ । उडान गर्नु पहिले उक्त रकम टीआईएलाई तिर्नुपर्ने हुन्छ । 

काठमाडौं–दिल्ली नेपाल एयरलाइन्स, भिस्तारा, इन्डिगो, एयर इन्डिया, भुटान एयरलाइन्सले उडान गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro