site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुलिसलाई रनरेटमा पछि पार्दै मधेस सेमिफाइनलमा 

काठमाडौं । नेपाल पुलिस क्लबलाई नेट रनरेटमा पछि पार्दै मधेस प्रदेश केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० को सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोखरामा जारी प्रतियोगितामा मंगलबार समूह ‘सी’ को पुलिसले सुदूरपश्चिम प्रदेशसँग चार विकेटको हार बेहोरेपछि मधेसले सेमिफाइनल यात्रा तय गरेको हो ।

समूहका तीन वटै टिमले दुई खेलबाट समान दुई अंक जोडे पनि मधेस नेट रनमा अघि रह्यो । पुलिसविरुद्ध जित निकाले पनि सुदूरपश्चिमले अन्तिम–४ को यात्रा तय गर्न सकेन । मधेस शीर्ष स्थानमा रहँदा पुलिस दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहँदै प्रतियोगिताको समूह चरणबाट बाहिरिए ।

मंगलबार पुलिसले प्रस्तुत गरेको १५९ रनको लक्ष्य सुदूरपश्चिमले १८.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । 

सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले ५१ रन बनाए । उनले ३४ बलमा चार चौका र दुई छक्का प्रहार गरे । ४६–५ को कठिन अवस्थामा किरणले नरेन्द्र साउदसँग ९३ रनको साझेदारी गर्दै टिमलाई जितउन्मुख गराएका थिए ।

नरेन्द्रले ३० बलमा पाँच चौका र एक छक्कासहित ३९ रन थपे । अन्तिममा किरणसँगै अविजित रहेको नारायण जोशीले १७ रन बनाए । कप्तान राजु रिजालले १९ र वसन्त कार्कीले १५ रन जोडे ।

पुलिसका राशिद खानले तीन विकेट लिए । सुनिल धमला र सागर ढकालले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५८ रनको योगफल खडा गरेको थियो ।

पुलिसका ओपनर कुशल भुर्तेलले ५१ बलमा समान पाँच चौका र छक्कासहित ६७ रन बनाएका थिए । सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन थपे । 

सुदूरपश्चिमका विकास आग्रीले दुई विकेट लिए । भोजराज भट्ट र बसन्त खत्रीले एक–एक विकेट लिए ।

यसअघि पहिलो खेलमा सुदूरपश्चिम मधेस प्रदेशसँग आठ विकेटले पराजित भएको थियो । यस्तै, मधेस प्रदेशले भने पुलिससँग ५७ रनको हार बेहोरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro