site stats
बाह्रखरी :: Baahrakhari
देश
देशभरका कारागारमा योग शिविर चलाइने

काठमाडौं । देशभरका कारागारमा योग शिविर सञ्चालन गरिने भएको छ । 

मन्त्रालय र मातहतका निकायमा स्वःजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुने भएको छ। 

Argakhachi Cement Island Ad

उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्वप्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुवेरसिंह रानासहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । 

एकमहिना भित्रै नक्खु कारागारमा हुने १० दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ । केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् । नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाले योग्याभ्यास गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई योगाभ्यास गराइने छ।

यसअघि नक्खु, भीमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भैसकेको छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्